कुनै पनी प्रलोभनमा नपरी कर्तव्यनिष्ठ भएर कार्य सम्पादन गर्न एआईजी थापाद्धारा निर्देशन

4.1K
shares

काठमाडौ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको निरीक्षण गर्नु भएको छ ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको विभिन्न शाखाहरुको निरीक्षण पश्चात उपस्थित प्रहरी कमचारीहरुलाई निर्देशन दिदैँ एआईजी थापाले विगतमा जघन्य तथा आमचासोका घटनाहरूलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले सफल अनुसन्धान गरेको स्मरण गराउँदै, आगामी दिनहरुमा समेत भविष्यको चुनौतिलाई मध्यनजर गरी सूचना संकलनमा प्रभावकारी रूपमा लागि प्राप्त सूचनालाई प्रविधि र प्रहरीको परिचालन गरी सफल अनुसन्धान गर्न निर्देशन दिनु भयो ।

साथै सूचना संकलनमा खटिएका तथा सादा पोशाकमा खटिएका प्रहरी कर्मचारीहरूले कुनै पनी लोभ लालच र प्रलोभनमा नपरी कर्तव्यनिष्ठ भएर कार्य सम्पादन गर्न निर्देशन दिँदै आर्थिक प्रलोभनमा परि संगठनको छवीमा आचँ आउने कार्य गरेमा कसैलाई क्षम्य नगर्ने समेत बताउनु भयो ।

May be an image of 6 people, people studying, hospital and text

सोहि क्रममा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई अपराधिक गतिविधिहरू प्रति कठोर भई निर्भिकताका साथ कानूनी दायरामा ल्याउनुका साथै आफ्नो मातहतका प्रहरी कर्मचारीलाई उत्प्रेरणा गर्दै, प्रहरी संगठन प्रति बफादर र मानव अधिकारको उच्च सम्मान गर्दै, कानून सम्मत ढङ्गबाट कार्य गर्न समेत निर्देशन दिनु भएको थियो ।

कार्यक्रममा प्रहरी नायव महानिरिक्षक कृष्ण हरि शर्मा पोख्रेल, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई, प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

May be an image of 8 people and text

May be an image of 3 people and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083