५ कार्य दिन अवधिको अनुसन्धानात्मक कार्यविधि (मुचुल्का) लेखन प्रशिक्षण तालिम सम्पन्न
वि.सं.२०८१ साउन १८ शुक्रवार १९:५२
shares

विराटनगर । कोशी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अबि नारायण काफ्लेको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।
अनुसन्धानात्मक कार्यविधि (मुचुल्का) लेखन प्रशिक्षण (प्रहरी जवान देखि प्रहरी वरिष्ठ हवल्दार) तालिम प्रथम समूहको अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम आज सम्पन्न भएको हो ।
२०८१ साउन १४ गतेबाट संचालन भएको ५ कार्य दिन अवधिको अनुसन्धानात्मक कार्यविधि (मुचुल्का) लेखन प्रशिक्षण तालिम शुरु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिले टोलीमा खटिएका सम्पूर्ण प्रशिक्षक वर्गहरुलाई खदा र अबिर लगाई सम्मान गर्नुका साथै दीक्षित भई जाने प्रहरी कर्मचारीहरुलाई शुभ-कामना एवं बधाई दिंदै कार्यक्षेत्रमा पाएको जिम्मेवारी अनुशासित, इमान्दार, कर्तव्यनिष्ठ, सभ्य र सुसंस्कृत हुँदै राज्य, संगठन र जनताप्रति इमान्दार भएर कार्यसम्पादन गर्नु हुन समेत निर्देशन दिनु भयो ।
उक्त कार्यक्रममा यस केन्द्रका सह(समादेशक प्रहरी नायव उपरीक्षक रविन विष्ट प्रहरी निरीक्षक तथा तालिम संयोजक देउ प्रसाद लिम्बु, जुनियर प्रहरी अधिकृतहरु तथा प्रशिक्षक वर्गहरु समेतको उपस्थिति रहेको थियो ।
















