विद्यालय स्तरका बाल-बालिकालाई सामाजिक विकृतीबाट बचाउन निरन्तर सचेतना अभिवृद्धी कार्यक्रम गर्दै काठमाडौ प्रहरी परिसर !

5.86K
shares

काठमाडौ । बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा, प्रहरी नायव महानिरिक्षक कृष्ण हरि शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा ‘जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवम् सम्झौता कार्यक्रम’ सम्पन्न भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट जनचेतनामूलक पाठ्यसामाग्री तयार गरी बुढानीलकण्ठ नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाण्डौंको साझेदारीमा बुढानीलकण्ठ नगरपालिका भित्रका सम्पूर्ण सार्वजानिक नीजि तथा संस्थागत विद्यालयका प्रधानध्यापकहरुसँग अनिवार्य पठन पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता कार्यक्रम आज सम्पन्न भएको हो ।

May be an image of one or more people and crowd

विद्यालय स्तरका बाल-बालिकालाई लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालयस्तरमा हुने यौन हिंसा तथा यौनजन्य अपराध, सवारी दुर्घटना, चोरी लगायत बिभिन्न सामाजिक विकृति विसंगतिबाट बचाउन एवम् विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवम् अभिभावकहरुलाई सचेतना अभिवृद्धि गरि अपराध न्यूनिकरण एवम् नियन्त्रण गर्ने प्रमुख लक्ष्य रहेको छ ।

जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवम् सम्झौता कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै डीआईजी कृष्ण हरि शर्मा पोख्रेलले लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालय स्तरमा हुने यौन हिंसा तथा यौनजन्य अपराध, सवारी दुर्घटना, चोरी नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम स्कुले विद्यार्थी भाइवहिनीहरुलाई प्रदान गर्नु समय सान्दर्भिक भएको बताउँदै हरेक परिवार,समाज तथा स्थानीय सरकारको एक्यवद्वताले मात्र समाज सुधार हुनुका साथै अपराध रहित तथा सुरक्षित हुने कुरा बताए ।

May be an image of 7 people, people studying and dais

आम नागरीकलाई सामान्य सुरक्षा सावधानी समेतको जानकारी नहुनाले पनि अपराधका घटना बढि रहेको बताउँदै साना बालबालिकालाई यो जनचेतनामूलक पाठ्यसामाग्रीले व्यवहारिक शिक्षा प्रदान गरी अपराध न्यूनिकरण एवम् नियन्त्रण गर्नमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाको उप-प्रमुख अनिता लामा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरे, प्रहरी उपरीक्षक (एसपी) नबराज अधिकारी प्रहरी कर्मचारीहरू, स्थानीय जनप्रतिनिधिहरू,विद्यालयका प्रधानाध्यापकहरु तथा शिक्षकहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो ।

May be an image of 6 people, dais and text

May be an image of 6 people, dais and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083