जिल्ला प्रहरी कार्यालय सिन्धुलीको विशेष पहलमा सवारी चालकहरुको लागु पदार्थ सेवन परीक्षण शुरु

सिन्धुली जिल्लामा पहिलो पटक वि.पि राजमार्गमा चल्ने सवारी चालकहरुको (The Rapid Test Cassette (Urine) test परीक्षण शुरु

Nepal Life Insurance Long Ad

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले निरन्तर रुपमा उत्कृष्ट काम गर्दै आएको छ । वि.पि राजमार्गमा चल्ने विभिन्न सवारी साधनका चालकहरुको लागु पदार्थ सेवन (The Rapid Test Cassette (Urine) test परीक्षण सिन्धुली जिल्लामा पहिलो पटक आज शुरु भएको हो ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिन्धुली,जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको संयुक्त आयोजना तथा जिल्ला जन-स्वास्थ्य कार्यालय सिन्धुलीको प्राबिधिक सहयोगमा सवारी दुर्घटना न्युनिकरण गर्ने र सवारी साधनको‌ माध्यमबाट लागु पदार्थ ओसारपसार कार्यलाई रोकथाम गर्ने उद्धेश्य अनुरुप उक्त कार्यक्रम गरिएको हो ।

May be an image of 8 people, people studying and text

सिन्धुली कमलामाई नगरपालिकावडा नम्बर ९ अस्थाई ट्राफिक प्रहरी पोष्ट भिमान स्थितमा वि.पि. राजमार्गमा चल्ने विभिन्न सवारी साधनका चालकहरुलाई पहिलो पटक ला.प.से (The Rapid Test Cassetle(Urine) test) चेक जाँच गर्ने क्रममा ३८ वटा सवारी साधनका चालकहरुको स्वास्थ्य परीक्षण गरिएको हो । एक जना बस र एक जना ट्रक चालक गरी २ जना सवारी चालक र १ जना बसको सह-चालक गरी जम्मा तिन जनाले (The Rapid Test Cassetle(Urine) test मा ला.प.से.गरेको (Positive) रिपोर्ट भेटिएको हो । साथैलागु औषध नियन्त्रण ऐन बमोजिम आवश्यक कारवाहीको लागि प्रक्रिया अगाडि बढाइएको एसपी गोबिन्द राज काफ्लेले जानकारी दिनु भयो ।

May be an image of 15 people and text

साथै उक्त कार्यक्रमको अवसरमा कमलामाई नगरपालिका उप-मेयर मन्जु देवकोटाले यस किसिमको कार्यक्रमले भविष्यमा सवारी दुर्घटना न्युनिकरण गर्न सहयोग पुग्ने देखिएको हुँदा भविष्यमा यस किसिमको कार्यक्रमलाई निरन्तरता दिन र कार्यक्रमलाई प्रभावकारी कार्यन्वयन गराउन स्थानिय निकायको सहयोग हुने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । साथै प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोबिन्द राज काफ्लेले सवारी दुर्घटना न्युनिकरण गर्ने र सवारी साधनको‌ माध्यमबट लागु पदार्थ ओसारपसार कार्यलाई रोकथाम गर्ने उद्धेश्यले यो कार्यक्रम अभियानको‌ रुपमा शुरु गरिएको बताउनु भयो।

May be an image of 4 people and text

उक्त कार्यक्रममा कमलामाई नगरपालिका उप-मेयर मन्जु देवकोटा ज्यु,जिल्ला प्रशासन कार्यलय,सिन्धुलीका प्रमुख जिल्ला अधिकरी भरत खनाल, जिल्ला प्रहरी कार्यालय,सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफ्ले, जिल्ला ट्राफिक कार्यालय,सिन्धुलीका प्रमुख मन्जु कुमारी राना लगाएतको उपस्थिती रहेको थियो ।

यतिबेला जिल्ला प्रहरी कार्यलय सिन्धुलीको प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफ्ले रहेका छन् । उपरीक्षक काफ्लेले सिन्धुलीको कमान्ड सम्हाले देखि विविध क्षेत्रमा उल्लेखनीय सुधारका कामहरु हुँदै आएको छ । प्रहरी संगठनभित्र उनी एक सफल प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।

 

२५ साउन २०८१, शुक्रवार १८:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु