संघर्षबाट उदाएका बिद्यार्थी नेता आभाष!

23K
shares

काठमाडौ । प्युठान नगरपालिका – ३ को निकै ग्रामीण क्षेत्र जन्मिएर प्युठानको बिद्यार्थी आन्दोलनमा संघर्ष गरिरहेका र युवा बिद्यार्थी माझ निकै रुचाइएका नेता हुन् तारा बहादुर घर्ती (आभास ) !

सरल स्वभाव, मिजासिलो शैली, युवाविद्यार्थी माझको लोकप्रियता, बिचारमा र आन्दोलनमा दृढताका कारण उनि जिल्लामा रुचाइएका बिद्यार्थी नेता हुन्।

भौगोलिक कठिनाइ, घरायसी आर्थिक अवस्था कमजोर हुँदै गर्दा पनि उनको सामाजिक र बिद्यार्थी राजनीतिको उचाइले प्युठान नगरपालिकाको युवा संजालका अध्यक्ष, स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्ववियु सदस्य, विभिन्न सामाजिक संघसस्थामा प्रतिनिधित्व गरिरहेका छन्।

हाल उनि अहिले अखिल ( क्रान्तिकारी ) प्युठानका उपाध्यक्ष समेत छन्। उनले प्रतिनिधित्व गर्ने वडा र पालिका नेकपा ( माओवादी केन्द्र ) बिजयी भएको छन् । जसमा पार्टीका उम्मेदवारहरुलाइ बिजयी गराउन उनको महत्त्वपूर्ण योगदान समेत रहेको थियो।

२०८१ भाद्र यही २ गते हुने  अखिल ( क्रान्तिकारी)  प्युठान जिल्ला सम्मेलनमा उनै आभासलाई आगामी अध्यक्षका रुपमा हेरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083