आईजीपी कुँवरको प्रमुख आतिथ्यतामा “अप्रेशनल कमाण्ड तथा व्यवस्थापन” तालिम १५ औं समूहको अन्तरक्रिया सम्पन्न

3.71K
shares

काठमाडौ ।नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । “अप्रेशनल कमाण्ड तथा व्यवस्थापन” (OCM Level-III) (प्रहरी उपरीक्षक/ प्रहरी नायब उपरीक्षक) तालिम १५ औं समूहको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे।

२०८१/०४/३० गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा सञ्चालित “अप्रेशनल कमाण्ड तथा व्यवस्थापन” (OCM Level-III) (प्र.उ. / प्र.ना.उ.) तालिमका प्रशिक्षार्थीहरूसँग नेपाल प्रहरीका प्रमुख आईजीपी बसन्त बहादुर कुँवरद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

सो क्रममा प्रमुख अतिथिबाट प्रहरी नेतृत्व, समन्वय आचरण र प्रहरी व्यवहारलाई अझै परिस्कृत र सुदृढिकृत गर्दै लैजाने विषयमा विशेष जोड दिनु भएको थियो ।

उक्त कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी लगाएतकाे उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083