प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न

3.22K
shares

काठमाण्डौ । काठमाडौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा प्रहरी वृत्त कीर्तिपुरको नवनिर्मित भवन परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा २०८१ साउन २६ गतेबाट सुरुवात भएको वृक्षारोपण कार्यक्रमको पहिलो चरणको समापन कार्यक्रम अन्तर्गत उक्त वृक्षारोपण कार्यक्रम गरिएको थियो ।

सोही क्रममा उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले हरेक प्रहरी कर्मचारीले उच्च व्यवसायिकताका साथ सुरक्षा प्रदान गरेको खण्डमा मात्र नेपाल प्रहरीको छवि उच्च हुने बताउनु हुँदै मानव अधिकारको सम्मान गर्दै नागरीक मैत्री सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनु भयो ।

May be an image of 6 people and text

कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनाली, सशस्त्र प्रहरी उपरीक्षक भानुभक्त लम्साल, प्रहरी वृत्त कीर्तीपुर कार्यालयका प्रमुख डिएसपी, प्रहरी कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

May be an image of 13 people and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083