अपराध विरुद्ध सबै एकजुट भएर अघि बढ्न आईजीपी कुँवरद्धारा निर्देशन

4.11K
shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले अपराध विरुद्ध सबै जना एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।

विश्वमा हाल संगठित र संक्रमणकालिन अपराध चुनैतीको रुपमा देखा परेको बताउँदै आईजी कुँवरले त्यस्ता अपराध विरुद्ध सबै एकजुट भएर अघि बढ्नुपर्ने बेला आएको बताए ।

दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित वाकाथोन कार्यक्रममा बोल्दै आइतबार कुँवरले उक्त कुरा बताएका हुन् ।

कुँवरले विभिन्न देशमा हुने संगठित अपराधहरू एक पक्षीय प्रयासले मात्र नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै यसको लागि सबै राष्ट्रहरूबीच आपसी सहयोग, सूचनाको आदान प्रदान एवम् समन्वय हुनुपर्ने बताए ।

May be an image of 9 people and text

International Day of Police Cooperation 2024  को अवसरमा नेपाल प्रहरीद्वारा आयोजित Walkathon कार्यक्रममा विदेशी पाहुनाहरू, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी महानिरीक्षक, तथा प्रहरी अतिरीक्त महानिरीक्षकहरू, सिनियर /जुनियर प्रहरी अधिकृतहरु , विभिन्न संघ संस्थाका विशिष्ट व्यक्तित्वहरू, कला क्षेत्रका कलाकर्मीहरू,  पत्रकारहरू लगायतको उपस्थीति रहेको थियो ।

May be an image of 3 people, tree and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083