३० वर्षे सेवा अवधि नहटेपछि सशस्त्रका १६ अधिकृत अवकाशमा (सुचिसहित)
वि.सं.२०८१ भदौ १६ आइतवार १३:३८
2.67K
shares
shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १६ जना अधिकृतहरु अवकाशमा गएका छन्।
सर्वोच्च अदालतबाट तत्काललाई ३० वर्षेअवधि कायम हुने आदेश भएपछि आइतबारबाट १६ जना अधिकृत अवकाशमा गएका हुन्।
उनीहरू अवकाशप्राप्त भएपछि दरबन्दी रिक्त भएकोमा बढुवाको रस्साकस्सी सुरु भएको छ। सर्वोच्चका न्यायाधीश विनोद शर्मा र शारङ्ग सुवेदीको संयुक्त इजलासले सरकारको भ्याकेट निवेदनमा माग भएअनुसार गत बिहीबार न्यायाधीश कुँयालको एकल इजलासले गरेको अन्तरिम आदेश खारेज भएको थियो।
सो आदेश खारेजसँगै सशस्त्र प्रहरीका डीआईजीद्वय अभि खत्री र दुर्गा भट्टराईसहित १६ अधिकृतहरू घर गएका छन्। शनिबार बिदाभएको र आइतबारदेखि ३० वर्षे सेवा हद लाग्ने भएकाले उनीहरूको सेवा अवधि सकिएको छ।



















