जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवं सम्झौता कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवं सम्झौता कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय स्तरका बाल – बालिकालाई लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालय स्तरमा हुने यौन हिंसा तथा यौन जन्य अपराध, सवारी दुर्घटना, चोरी लगायत विभिन्न समाजिक विकृति विसंगतिबाट बचाउन एवं विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवं अभिभावकहरुलाई सचेतना अभिवृद्दी गरि अपराध न्यूनिकरण एवं नियन्त्रण गर्ने प्रमुख लक्ष्यका साथ  जिल्ला प्रहरी परिसर, काठमाडौंबाट जनचेतनामूलक पाठ्यसामाग्री तयार गरी कागेश्वरी मनोहरा नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाडौंको साझेदारीमा कागेश्वरी मनोहरा नगरपालिका भित्रका सम्पूर्ण सार्वजानिक नीजि तथा संस्थागत विद्यालय प्रधानाध्यपकहरुसंग अनिवार्य पठन पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता कार्यक्रम सम्पन्न भएको हाे ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीकाे अध्यक्षतामा, कागेश्वरी मनोहरा नगरपालिकाको उपप्रमुख शान्ता थापा , जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेको आतिथ्यतामा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीद्वारा पाठ्यक्रममा उल्लेखित विषयवस्तुहरुको बारेमा प्रस्तुतीकरण दिनु भएको थियाे ।

साथै उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरु, स्थानिय जनप्रतिनिधिहरु,  विद्यार्थीहरु लगाएको उपस्थिति रहेको थियाे ।

२६ भदौ २०८१, बुधवार १७:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु