पूर्व इन्सपेक्टर विरुद्ध भ्रष्टाचार मुद्दा

2.7K
shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका इन्सपेक्टर विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले प्रहरीको साइबर ब्यूरोका तत्कालीन इन्सपेक्टर बुद्धिप्रसाद सुवेदी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

साइबर ब्यूरोमा कार्यरत हुँदा सुवेदीले मुद्दा मिलाइदिन्छु भन्दै ९९ हजार घुस लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

सुवेदीविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाइदिन्छु भनेर उनको दाजुसँग ९९ हजार रुपैयाँ लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता घिमिरेले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083