जिल्ला प्रहरी कार्यालय चितवनद्वारा मातहतका प्रहरी इकाई प्रमुखहरुसंग वार्षिक कार्यसम्पादन सम्झौता कार्यक्रम सम्पन्न
वि.सं.२०८१ असोज ५ शनिवार १३:००
shares

चितबन । जिल्ला प्रहरी कार्यालय चितवनद्वारा मातहतका प्रहरी इकाई प्रमुखहरुसंग वार्षिक कार्यसम्पादन सम्झौता कार्यक्रम सम्पन्न भएको छ ।
चितबनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालद्धारा जिल्ला प्रहरी कार्यालय चितवन अन्तर्गतका प्रहरी इकाई प्रमुखहरुसंग आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर तथा निर्देशन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा उपस्थित सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा सकल दर्जाका प्रहरी कर्मचारी हरुलाई कार्यालय प्रमुख भावेश रिमालले नेपाल प्रहरीको प्रमुख कार्य अपराध अनुसन्धान, गस्ति व्यबस्थापन, विशेष योजना, ट्राफिक व्यवस्थापन, वार्षिक कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने र चाडपर्व लक्षित सुरक्षा योजना बनाई प्रहरी परिचालन गर्ने लगायतको आवश्यक निर्देशन दिनुभएको थियो ।































