मकवानपुर प्रहरीद्धारा भन्सार छलि ल्याएको १ करोड ३५ लाख रुपैयाँ बराबरको लत्ताकपडासहित दुई जना पक्राउ

2.9K
shares

मकवानपुर । मकवानपुर प्रहरीद्धारा भन्सार छलि ल्याएको एककरोड ३५ लाख रुपैयाँ बराबरको लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार विशेष सूचनाको आधारमा प्रहरीले सुनरीबाट हेटौँडा हुँदै काठमाडौंका लागी गुडेको बिआर ५ जिडि १३४३ नम्बरको भारतीय ट्रकलाई हेटौँडा १५ स्थित रातोमाटे चेक पोष्टमा रोकी जाँच गर्दा उक्त परिणामको भन्सार छलि ल्याएको अवैध लत्ता कपडा वरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरुले उक्त कपडा आलु लोड भएको ट्रकमा लुकाईछिपाई ल्याएका थिए । प्रति बोरा ५० किलोका दरले तीन सय ४५ बोरा आलुको भन्सार बिल काटिएको भएपनि ट्रकमा जम्मा दुई सय ६४ बोरा आलु राखी सोको भित्री भागमा ७४ वटा बोरामा विभिन्न किसिमका तयारी कुर्ता, रोलसहितको सर्ट एवं पाइन्टका कपडाहरु ल्याएको पाइएको उनले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083