कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न

3.55K
shares

काठमाडौ ।  जिल्ला प्रहरी परिसर ललितपुरद्वारा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर तथा निर्देशन कार्यक्रम सम्पन्न कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

२०८१/०६/०८ गते जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालद्वारा कार्यालय अन्तर्गतका प्रहरी इकाईहरु (प्रहरी वृत्त तथा प्रहरी निरीक्षक कार्यालय प्रमुख / प्रभाग ) का प्रमुखहरुसंग आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर तथा निर्देशन कार्यक्रम सम्पन्न भएको हाे।

उक्त कार्यक्रममा यस प्रहरी परिसर प्रमुखबाट बार्षिक कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन गरी नेपाल प्रहरी संगठनको लक्ष्य तथा उद्देश्य अनुरुप तोकिएको कार्य विवरण अनुसार निर्दिष्ट लक्ष्य हासिल गर्ने लगायतकोबारेमा आवश्यक निर्देशन दिनु भएको थियाे।

कार्यक्रममा यस प्रहरी परिसरका प्रहरी उपरीक्षक नरेश राज सुवेदी,प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको ।