डिआईजी चन्द्र कुबेर खापुङद्वारा सरूवा भएका एसपी सुमन कुमार तिम्सिनालाई बिदाई

3.77K
shares

बिराटनगर । प्रहरी नायब महानिरीक्षक (डिआईजी) चन्द्र कुबेर खापुङद्वारा सरूवा भएका एसपी सुमन कुमार तिम्सिनालाई बिदाई गर्नु भएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट जिल्ला प्रहरी कार्यालय सुनसरी सरुवा भएका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनालाई कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना बिच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आगामी कार्यकालको शुभकामना सहित मायाको चिनो प्रदान गर्नु भएको हाे।

कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरीष्ठ उपरीक्षक भीम बहादुर दाहाल सहित सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।