कोशी प्रदेशमा एसएसपी लगायतका प्रहरी अधिकृतहरूले गरे रक्तदान

3.64K
shares

बिराटनगर । “६९ औँ प्रहरी दिवस २०८१” को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको अध्यक्षतामा बिराटनगर ट्राफिक चोकमा भएको रक्तदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारीले रक्तदाता कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाललाई ब्लड ब्याग हस्तान्तरण गर्नु भई कार्यक्रमको उद्‍घाटन गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्वोधनको क्रममा उहाँले प्रहरीले शान्ति सुरक्षाका साथै जनताको साथी भएर निरन्तररुपमा सामाजिक कार्यहरु गर्दै आईरहेकोमा आयोजित यो रक्तदान कार्यक्रम ज्वलन्त उदाहरण रहेको बताउदै रक्तदान जीवन दान भन्दै यस्ता पुनित कार्यको लागि अग्रणि स्थानमा रहेर देश र जनताको सेवा गर्ने नेपाल प्रहरीलाई हार्दिक कृतज्ञताका साथ धन्यवाद व्यक्त गर्नु भयो । उहाँले मानविय सेवामा सहयोग पुर्‍याउनु हुने रक्तदाताहरुलाई प्रसंसा पत्र समेत प्रदान गर्नु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083