नेपाल दलित संघ केन्द्रीय समिती सदस्यमा बालकुमार विश्वकर्मा ‘सुमन’ मनोनित
काठमाडौं । नेपाल दलित संघ केन्द्रीय तदर्थ समिति सदस्यमा बालकुमार विश्वकर्मा ‘सुमन’ मनोनित भएका छन् ।
नेपाल सुनचाँदी कला व्यवसायी संघको महासचिव एवम् सनराईज ज्वेलर्सका संचालक समेत रहेका बालकुमार विश्वकर्मा ‘सुमन’ नेपाल दलित संघ केन्द्रीय समिती सदस्यमा मनाेनित भएका हुन् ।
लोकवहादुर विश्वकर्माको अध्यक्षता गठित कार्यसमितिमा नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले विश्वकर्मालाई संघको केन्द्रीय सदस्यमा मनोनित गर्नु भएको हो । नेपाल सुनचाँदी कला व्यवसायी संघका महासचिव समेत रहनु भएका विश्वकर्मा युवा उद्यमी तथा सुन व्यवसायी एवम् समाजसेवी समेत हुन् ।
संघकाे केन्द्रीय सदस्यमा मनोनित विश्वकर्माबाट दलित अधिकार क्षेत्रमा आवाज उठाउन र दलित समुदायको पेशागत हकहितमा राजनीतिक क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत लिइएको छ ।
नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल दलित संघको लामो समय पछी केन्द्रीय तदर्थ समिति गठन भएको हाे ।
(विज्ञप्ति सहित)
१७ असोज २०८१, बिहीवार १२:५७ बजे प्रकाशित