नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनद्वारा बडा दशैँको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

3.15K
shares

भरतपुर । नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाकाे प्रमुख आतिथ्यतामा  ६९ औं प्रहरी दिवस, २०८१ को अवसरमा आयोजित पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तर्क्रिया तथा बडा दशैँको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

६९ औं प्रहरी दिवस, २०८१ को अवसरमा नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनद्वारा आयोजित पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तर्क्रिया तथा बडा दशैँको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आज सम्पन्न भएको हाे।

साथै, उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण पूर्व प्रहरी कर्मचारीहरूले यस शिक्षालयले पूर्व प्रहरी कर्मचारीहरूसँगको अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको प्रति खुशी व्यक्त गर्नुका साथै आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरूको आयोजना गरी बहालबाला कर्मचारीहरू र पूर्व प्रहरी कर्मचारीहरू बीचमा पुनर्मिलन हुने अपेक्षा समेत राख्नु भएको थियो ।

कार्यक्रमको अन्तमा शिक्षालयका निर्देशकद्वारा कार्यक्रममा उपस्थित भएको प्रति सम्पूर्ण उपस्थित प्रहरी कर्मचारीहरूलाई धन्यवाद ज्ञापनको साथै बडा दशैँ, २०८१ को पावन अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083