(Police Baton),२०८१ मा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर प्रथम,अबि नारायण काफ्ले सर्बोत्कृष्ट समादेशक
वि.सं.२०८१ असोज ३० बुधवार २२:१९
6.79K
shares
shares

काठमाडौ । नेपाल प्रहरीको ६९औं दिवसको अवसरमा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अबि नारायण काफ्ले पुरस्कृत भएका छन्। नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton), २०८१ मा प्रदेश प्रहरी तालिम केन्द्रहरू मध्येबाट कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर प्रथम भएको हाे ।
उनलाई बुधबार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमकाबीच सम्मानपत्र प्रदान गरेका हुन् ।

































