प्रहरी महानिरीक्षक बसन्त कुँवरद्वारा केन्द्रीय प्रहरी परिचालन कक्षको उद्‍घाटन

4.77K
shares

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले केन्द्रीय प्रहरी परिचालन कक्षको उद्‍घाटन गरेका छन्।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रम बिच केन्द्रीय प्रहरी परिचालन कक्षको उद्‍घाटन गर्नुभएको हाे।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी परिचालन कक्षलाई समय सापेक्ष थप सुधार गरी कार्य सम्पादनमा सहजता ल्याउन विभिन्न डेस्कको स्थापना सँगै नयाँ संरचनामा संचालन गर्ने गरी ६९औं प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक कुँवरले उक्त परिचालन कक्षको उद्‍घाटन गर्नुभएको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083