एआइजी किरण बज्राचार्यद्वारा उपत्यका अपराध अनुसन्धान कार्यालयको निरीक्षण
वि.सं.२०८१ कात्तिक ८ बिहीवार २३:५३
shares

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यले उपत्यका अपराध अनुसन्धान कार्यालयको निरीक्षण गर्नु भएको छ।
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी एआइजी किरण बज्राचार्यद्वारा बिहिवार काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको हाे।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको विभिन्न शाखाहरुको निरीक्षण पश्चात उपस्थित प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुदैँ एआइजी बज्राचार्यले सादा पोशाकमा खटिने प्रहरी कर्मचारीहरू प्रहरी संगठनका अत्यन्त जिम्मेवार प्रहरी कर्मचारी भएकाले कुनैपनी लोभ लालच र प्रलोभनमा नपरी कर्तव्यनिष्ठ भएर कार्य सम्पादन गर्न निर्देशन दिदै आर्थिक प्रलोभनमा परि संगठनको छवीमा आचँ आउने कार्य गरेमा कसैलाई क्षम्य नहुने बताउनु भयो ।
अपराध अनुसन्धान नेपाल प्रहरी संगठनले प्राप्त गरेको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी भएको बताउदै बज्राचार्यले अपराध अनुसन्धानमा खटिने हरेक प्रहरी कर्मचारीहरुले सूचना संकलनलाई बिशेष प्राथमिकतामा राखि आफ्नो मातहतका प्रहरी कर्मचारीलाई उत्प्रेरणा गर्दै, प्रहरी संगठन प्रति बफादार र मानव अधिकारको उच्च सम्मान गर्दै, कानून सम्मत ढङ्गबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भयो ।































