मकवानपुर प्रहरीद्वारा चोरी मुद्दा र लागू औषध मुद्दाका नौ जनालाई पक्राउ गरी सार्वजनिक
वि.सं.२०८१ कात्तिक ८ बिहीवार २३:५५
shares

मकवानपुर । मकवानपुर प्रहरीद्वारा चोरी मुद्दा र लागू औषध मुद्दाका नौ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए अनुसार हेटौंडा ९ मा अवस्थित हेटौंडा सिमेन्ट उद्योगबाट तार चोरीको आरापमा हेटौँडा– १२ का मनिराज थोकर,– १३ का सन्तबहादुर तितुङ र भारतको मोतिहारीका दिलखुशकुमार साहलाई पक्राउ गरिएको हो ।
असोज २३ गते राति हेटौंडा सिमेन्ट उद्योगको पश्चिमतर्फको रोपे देखि क्रसरसम्म जाने ६ इन्च र ४ इन्चको बिजुलीको तामाको तार सातजनाको समूहमा आएका व्यक्तिहरुले चोरी गरेका थिए। अन्यको भने खोजी भइरहेको प्रहरी प्रमुख विश्वराज खड्काले बताए।
चोरीमा आरापी थोकर र तितुङले उक्त तार हेटौंडा– ४ वनविज्ञान नजिकै कवाडीमा बिक्रि गरेका भनेपछि सोहि क्रममा कवाडी सञ्चालक दिलखुशकुमारसहित थोकर र तितुङलाई पक्राउ गरिएको हो।
हेटौंडा– ८ मा निर्माणाको क्रममा रहेकोघरबाट २ जना, हेटौंडा ८ र २ बाट मोटरसाइकल, म्युजिक सिस्टम र नगद चोरी गरेको १ जना र लेनडाँडाबाट ३७ किलो सेतो धातुको बिजुलीको तार चोरी गरेको आरापमा २ जनालाई पक्राउ गरेको हो।































