सप्तरी प्रहरीद्वारा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ गर्न सफल

3.54K
shares

एकमहिने कार्यसम्पादनबारे जानकारी दिन शनिबार गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले फरार रहेकाहरुमध्ये ६६ जनालाई नियन्त्रणमा लिएको बताए।

पक्राउ गरिएका प्रतिवादीहरुबाट चार वर्ष दुई महिना ११ दिन कैद भुक्तानका लागि कारागार चलान गरिएको उनले बताए। फरार प्रतिवादी नियन्त्रणमा लिने क्रममा तीन लाख ३१ हजार ८ सय ६१ रुपैयाँ जरिवाना असुल उपर गरिएको एसपी खतिवडाले जानकारी दिए।

विभिन्न अपराधिक गतिविधि गरेर अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अभियुक्तलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो ।

जिल्ला अदालतको बेरूजु फछ्र्यौट गर्न र फैसला कार्यान्वयन गराउन जिल्ला प्रहरी कार्यालय सप्तरीले फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको एसपी खतिवडाले बताए ।

पक्राउ पर्नेमा कुटपिट, मानव बेचबिखन, सवारी ज्यान, लागूऔषध, जबरजस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, भ्रष्टाचार, जुवा र गाली बेइज्जती मुद्दासँग सम्बन्धित छन्।

‘अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिँदैन र कानूनी दायराबाट उम्कन सकिँदैन भन्ने सन्देश यो अभियानले दिएको छ,’ प्रहरी उपरीक्षक खतिवडाले भने, ‘हामी पुराना फाइल हेर्दैछौं। दोषी ठहर भएका तर सजाय नभोगेका अपराधीलाई क्रमशः नियन्त्रणमा लिएर अदालत बुझाउँछौं।’

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083