प्रहरी निरीक्षक निकिता कुमारी मिश्रा बनिन् पुलिस अफ द मन्थ घोषित

6.63K
shares

इन्सपेक्टर मिश्रले घरेलु हिंसा र लैंङ्गिक हिंसा सम्बन्धी परेको उजुरी स्थानिय जनप्रतिनिधी, गाँउ समाज तथा पक्ष विपक्षको राय सुझाव अनुसार ३६ वटा उजुरी सफलता पूर्वक अनुसन्धान गरी फर्छौट गरेको, सामुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न संघसस्थाहरु संग समन्वय गरी प्रभात फेरी गरी सचेतना मुलक कार्यक्रम, वृहत जनकपुर नगरी सरसफाई कार्यक्रम, जेष्ठ नागरिक दिवस, मानववेचबिखन बिरुद्दको कार्यक्रम तथा अन्य विविध कार्यक्रमहरु गरी सचेतना अभिबृद्धिमा अहम भुमिका निर्वाह गरेको भन्दै उत्कृष्ट घाेषणा गरेको हाे ।

अवैधरुपमा हुने भन्सार चोरी निकासीका मालसामानहरु नियन्त्रणमा लिई असोज महिनामा २९, २९, ६२० मुल्य बराबरको मालसामानहरु बरामद गरी राजश्व वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गरेको, अपराध अनुसन्धान तथा आफुलाई दिएको जिम्मेवारी कुशलतापुर्वक उच्चमनोवलका साथ अनुशासित भई उत्कृष्ट कार्य गरेको हुदाँ उक्त कार्यको उच्च मुल्याङ्कन गर्दै निजलाई २०८१ साल असोज महिनाको उत्कृष्ठ प्रहरी ( POLICE OF THE MONTH ) घोषित गरिएको थियोे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083