अपराध अनुसन्धान सम्बन्धी अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

4.15K
shares

काठमाण्डौ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा अपराध अनुसन्धान सम्बन्धी अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कर्मचारीको सानो कमजोरीले पनि अपराध अनुसन्धान जस्तो गम्भिर कार्यमा प्रभावित पुग्ने हुदाँ अपराध अनुसन्धानमा खटिने हरेक प्रहरी कर्मचारीले प्रचलित कानूनका प्रावधानहरुलाई पालना गरी ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाई नागरीकलाई कानूनी राज्यको प्रत्याभूती दिलाउन निर्देशन दिनु भयो ।

साथै नागरीक केन्द्रित प्रहरी सेवा प्रवाह गरी सेवाग्राहीहरुको गुनासो सम्बोधनलाई प्राथमिकतामा राखी राष्ट्र र नागरीकको सेवा जस्तो गरीमामय कार्यलाई सफल पार्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिनु भयो ।
यस कार्यालयबाट बिभिन्न मितिमा मातहतका मुद्दा चल्ने प्रहरी युनिटहरुमा गरिएको अनुगमनबाट देखिएका कमिकमजोरीहरुको विषयमा प्रहरी उपरीक्षक प्रबिण धितालले प्रस्तुतीकरण प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे, काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत सम्पूर्ण मुद्दा चल्ने २१ वटा प्रहरी इकाइका अपराध अनुसन्धान शाखा प्रमुख, सहायक साथै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी कर्मचारीहरु लगायत अन्य प्रहरी कर्मचारीको समेत उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083