नेपाल प्रहरी श्रीमती सङ्घद्वारा अर्घाखाँची जिल्लाको विद्यालयमा सामग्री वितरण

3.45K
shares

काठमाडौ । नेपाल प्रहरी श्रीमती सङ्घद्वारा अर्घाखाँची जिल्लाको विद्यालयमा विभिन्न सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेशको आयोजनामा जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं.१ स्थितमा रहेको श्री निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयमा सिरक तथा लो वेड (LowBed) वितरण कार्यक्रम सम्पन्न  भएको हाे।

उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर, नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशकी अध्यक्ष निलम कडायत, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख चक्र मल्ल, नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश सदस्यहरु तथा प्रहरी कर्मचारीहरूको उपस्थितीमा सिरक २४ (चौबिस) थान, लोवेड ११ (एघार) थान सामाग्री वितरण गरिएको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083