मुस्ताङ प्रहरीद्वारा ७ लाख ६१ हजार राजश्व संकलन
वि.सं.२०८१ मंसिर १ शनिवार २३:१६
3.06K
shares
shares

मुस्ताङ । जिल्ला प्रहरी कार्यालय मुस्ताङ प्रहरीले सवारी साधनलाई कारबाही गर्दा ७ लाख ६१ हजार राजश्व संकलन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी सूर्यबहादुर बोगटीका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि कात्तिक २४ गतेसम्ममा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेलाई कारबाही गर्दा उक्त रकम संकलन भएको हो। मुस्ताङमा सवारी दुर्घटना न्यूनीकरण गर्न तथा मापसे र प्रयोजन विपरीत सवारी चलाउनेलाई कारबाही प्रक्रिया अघि बढाइएको डीएसपी बोगटीले बताए ।
डीएसपी बोगटीका अनुसार साउनदेखि कात्तिक २४ गतेसम्ममा ५३२ वटा सवारी साधनलाई कारबाही गर्दा ५ लाख ७५ हजार ५ सय राजश्व संकलन भएको छ।






























