बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरे,जो एक सक्षम र अनुभवी ब्यक्ती हुन्

धरान सरोकार समाज काठमाडौद्वारा बधाई तथा शुभकामना कार्यक्रम, राजदूत चन्द्र घिमिरेद्धारा निर्यात बढाउन प्रयत्न गर्ने प्रतिबद्धता

Nepal Life Insurance Long Ad

काठमाडौँ । धरान सरोकार समाज काठमाडौद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । पूर्व सचिव चन्द्र घिमिरेलाई सरकारले बेलायतका लागि नेपाली राजदूतमा नियुक्त गरेको हो । राजदूतमा नियुक्त गरे पछि धरान सरोकार समाजले उहाँलाई एक कार्यक्रम आयोजना गरी बधाई तथा शुभकामना प्रदान गरेको हो ।

बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रप्रसाद घिमिरेले अधिक भन्दा अधिक मुलुकका निर्यातजन्य सामग्रीको व्यापार बेलायतमा अभिवृद्धि गर्न आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

धरान सरोकार समाज काठमाडौले आयोजना गरेको सम्मान कार्यक्रममा घिमिरेले आर्थिक कूटनीति, प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, बेलायतबाट उच्चपदस्थ अधिकारीलाई नेपाल भ्रमणमा ल्याएर पारस्परिक सम्बन्धलाई नयाँ तहमा पुर्याउने र भूतपूर्व गोर्खा सैनिकसम्बन्धी विषयलाई निष्कर्षमा पुर्याउन निरन्तर प्रयास गर्ने बताउनु भयो ।

No description available.

को हुन्  राजदूत चन्द्र घिमिरे ?

काम गर्न अत्याधिक इच्छाशक्ति राख्ने अध्ययनशील घिमिरे अत्यन्तै व्यवसायीक र इन्टिग्रिटि कायम राखेका नेपाल सरकारका पुर्व सचिव हाल बेलायतका लागि नेपाली राजदूत हुन् ।

उनिसँग धेरै क्षेत्रमा काम गरेको अनुभव रहेको छ, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग लगायत क्षेत्रमा काम गरेको अनुभव उनीसँग छ । साथै उनी कलकत्ताको महावाणिज्यदूत पनि भइसकेका हुन् ।

तल्लो तहमा बसेको जिल्ला स्तरको अनुभव पनि छ, केन्द्रको अनुभव पनि छ र अन्तराष्ट्रियस्तरको अनुभव पनि छ । नीति निर्माण, योजनाका काममा संलग्न हुनेदेखि देश विदेशसँगै प्रशासनिक क्षेत्रको पनि फराकिलो ज्ञान भएका घिमिरे त्रिभुवन विश्व विद्यालयका गोल्ड मेडलिष्ट हुन् । नर्वेबाट एमफिल गरेको उनको एकेडेमिक हाइट छ । ट्रेड पोलिसि, नेगोसियसन लगायतमा हार्वर्ड युनिभर्सिटीको कोर्ष गरेका छन् र सबैका कुरा सुनेर आफ्नो तर्क पेस गर्न सक्ने क्षमता राख्ने घिमिरे एक सफल अनुभवी ब्यक्ती हुन् ।

No description available.

उक्त बधाई तथा सम्मान कार्यक्रममा नेपाल प्रहरीका पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारीले स्वागत मन्तब्य राख्नु भएको थियो । भण्डारीले बेलायत सम्बन्ध विस्तारमा राजदूत घिमिरेको सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो । पुर्व एआईजी भण्डारीले देशलाई उच्च प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताउँदै नेपालको सुरक्षा संरचना, आर्थिक, भौतिक कुटनितीक राजनीतिक लगाएत बिषयमा केन्द्रीत भई सचेत ढङ्गबाट काम गर्न आग्रह समेत गरेका थिए । नेपाल प्रहरीमा ३० वर्ष सेवा अवधि पूरा गरी केही महिना अघि मात्रै सेवा निवृत्त (अवकाश) हुनु भएका भण्डारी कुशल एक सफल प्रहरी अधिकृतको रुपमा चिनिएका ब्यक्ती हुन् ।

कार्यक्रममा पूर्वसञ्चार राज्यमन्त्री कृष्णकुमार राई, चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्य, पुर्व एआईजी एवम् धरान सरोकार समाजका सदस्य सन्दीप भण्डारी,वरिष्ठ अधिवक्ता हरिहर दाहाल नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष महेशकुमार अग्रवाल, समाजका धरान सरोकार समाज कार्यवाहक अध्यक्ष डा.महेन्द्र सुब्बा, लगाएतको उपस्थिती रहेको थियो ।

(तस्वीरमा हेर्नुहोस्)

May be an image of 10 people and text

May be an image of 6 people and text

May be an image of 5 people and text

May be an image of 5 people, dais and text

May be an image of 8 people and text

No description available.

May be an image of 6 people and temple

May be an image of 8 people

२ मंसिर २०८१, आइतवार १६:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु