एआइजी बज्राचार्यद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे निरीक्षण

3.37K
shares

काठमाडौ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा  उपत्यका ट्राफिक प्रहरी कार्यालय कार्यालयको निरीक्षण गर्नु भएको छ।

कार्यालयको निरीक्षण गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा मातहत ट्राफिक प्रहरी परिसर, बृत र प्रभाग प्रमुखहरुलाई तालुक कार्यालयबाट भएको निति निर्देशन अक्षरस पालना गर्नु पर्ने, ट्राफिक प्रहरीले गर्नुपर्ने काम कर्तव्य तथा समसामयिक बिषयबस्तु र आचरण व्यवहारको बारेमा तथा सेवाग्राहीसंग गर्नु पर्ने बोली बचन व्यवहारमा उच्च व्यवसायिकता प्रदर्शन गरि नागरिक मैत्री सेवा प्रदान गर्नुका साथै सरोकारवाला निकायसंग समन्वय गरि उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083