साईबर क्राइम, लागू औषध तथा ट्राफिक नियम सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

3.65K
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक वसन्त रजौरेकाे प्रमुख आतिथ्यतामा साईबर क्राइम, लागू औषध तथा ट्राफिक नियम सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त बालाजुको आयोजनामा काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा नं. १६ बनस्थली स्थित सिद्धार्थ बनस्थली ईन्ष्टिच्युटमा उक्त कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रममा उक्त विद्यालयका कक्षा १०,११ र १२ मा अध्यनरत विद्यार्थीहरु तथा शिक्षक शिक्षकाहरुलाई प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक दिलिप कुमार हुमागाईद्वारा साईबर अपराध र लागु औषध तथा ट्राफिक प्रहरी वृत्त नयाँबसपार्कका प्रहरी बरिष्ठ नायब निरीक्षक परशुराम जोशीबाट ट्राफिक नियम सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083