आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति गठन कार्यक्रम सम्पन्न

3.45K
shares

सिन्धुली ।   आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति गठन कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१, लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माकाे अध्यक्षतामा कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफ्ले लगायत अन्य सरोकारवाला निकायका पदाधाकरीहरु समेतको उपस्थितिमा समिति गठन कार्यक्रम सम्पन्न भएको हाे।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सभाहलमा वैठक आयोजना गरी कार्ययोजनाको परिच्छेद -२ को खण्ड क (१) वमोजिमको आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन अभियान समिति र ऐ.परिच्छेदको खण्ड ख (१) वमोजिम जिल्ला स्तरिय आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन कार्यदल गठन गरी अन्य विभिन्न आवश्यक निर्णयहरु समेत गरिएको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083