जिम्मेवारी भई उत्कृष्ट कार्य गर्न डिआईजी कुवेर कडायतद्वारा निर्देशन

5.04K
shares

प्युठान ।  प्युठान जिल्ला पुगेर प्रहरी नायव महानिरीक्षक (डीआइजी) कुबेर कडायतले प्रहरीलाई जिम्मेवारी भई उत्कृष्ट कार्य गर्न निर्देशन दिएका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले निरीक्षण तथा भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय प्युठान पुगेर निरीक्षण तथा निर्देशन दिनुभएको हाे।

डीआइजी कुबेर कडायतले प्युठान प्रहरी कार्यालयमा रहेको सम्पुर्ण शाखा तथा कार्यालय परिसरको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरीको काम कर्तव्य अधिकार तथा प्रहरी सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउनका निमित्त आवश्यक पर्ने पेशागत निष्ठा, व्यवसायिक दक्षता र नैतिकताका सबन्धमा आवश्यक निर्देशन दिनु भएको थियाे ।


divya collage
unigloble collage