दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
वि.सं.२०८१ मंसिर १६ आइतवार १५:२०
3.06K
shares
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।
जनपद तर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायब निरीक्षक पदमा पदोन्नती भएका प्रहरी नायब निरीक्षकहरु पूर्ण बहादुर थापा, डिल्ली बहादुर मल्ल र रबिन श्रेष्ठलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको हाे ।
उक्त कार्यक्रममा प्रमुख अतिथिले बढुवा भएका प्रहरी नायब निरीक्षकहरुलाई बधाई एवम् शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै भोलिका दिनमा अझ जिम्मेवारी भएर व्यवसायिक, ईमान्दारिता तथा थप क्रियासिल भई पदिय जवाफदेहिताको लागी राज्य, संगठन र जनता प्रति अनुग्रहित हुदैं कुशलतापूर्वक कार्यसम्पादन गर्न समेत निर्देशन दिनु भएको थियो ।


















