आईजीपी कुँवरद्वारा जिल्ला प्रहरी कार्यालय मनाङको कार्यालय भवन उद्घाटन
वि.सं.२०८१ मंसिर १९ बुधवार १६:४३
shares

मनाङ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय मनाङको कार्यालय भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकारको नियमित बजेटबाट प्राप्त भएको बजेट रु.१२ करोड १० लाख ५४ हजार ३ सय ३१ रुपैया लागतमा नव निर्मित जिल्ला प्रहरी कार्यालय मनाङको कार्यालय, हिरासत कक्ष, व्यारेक भवन, भान्छा घर र शौचालयका नयाँ भवनहरु निर्माण गरिएको हाे। भवन उद्घाटन गर्न मनाङ पुग्नुभएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरले भवन उद्घाटन पश्चात उद्घाटन समारोहलाई सम्बोधन गर्दै सबैको सद्भाव र सहयोगले निर्माण सम्पन्न भौतिक पुर्वाधारहरुको प्रयोग गरी नेपाल प्रहरीले जनतालाई अहोरात्र सुरक्षाको प्रत्याभुति दिलाउनेमा कुनै दुईमत नभएको बताउनु भएको थियो ।
प्रहरी महानिरीक्षक कुवँरले ग्रामीण भेग र शहरी भेगमा बिभेद नगरी सुरक्षा प्रदान गर्न आवाश्यक पुर्वाधार बिकासका लागि नेपाल प्रहरीले पहल गरिरहेको समेत बताउनुभएको थियो ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह , प्रमुख जिल्ला अधिकारी मात्रिका प्रसाद आचार्य, जिल्ला समन्वय समिति मनाङका प्रमुख चिन घले,चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर घले, मनाङ जिल्लाका सुरक्षा निकाय प्रमुखहरु, अन्य सरकारी कार्यालयका प्रमुख, स्थानिय जनप्रतिनिधीहरु लगायतको उपस्थिती रहेको थियो ।
































