वडा प्रहरी कार्यालय बैदामको नव निर्मित कार्यालय भवन उद्‍घाटन सम्पन्न

Nepal Life Insurance Long Ad

कास्की ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बैदामको नव निर्मित कार्यालय भवन उद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ।

नेपाल सरकारको नियमित बजेटबाट प्राप्त रु.१०,६०,३३,०१९.५७ रुपैया लागतमा नव निर्मित वडा प्रहरी कार्यालय बैदाम कास्कीको कार्यालय, व्यारेक भवन, हिरासत कक्ष, मेस भवन र शौचालयका नयाँ भवनहरु निर्माण गरिएको हाे।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरले भवन उद्घाटन पश्चात उद्घाटन समारोहलाई सम्बोधन गर्दै सबैको सद्भाव र सहयोगले निर्माण सम्पन्न भौतिक पुर्वाधारहरुको प्रयोग गरी नेपाल प्रहरीले जनतालाई अहोरात्र सुरक्षाको प्रत्याभुति दिलाउनेमा कुनै दुईमत नभएको बताउनु भएको  थियाे।

भवन निर्माण कार्यमा सहयोग गर्ने, जग्गा प्राप्त गर्न सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो भने सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई समाजमा रहेका अराजकता, अवान्छित तथा आपराधिक गतिविधिहरुलाई नियन्त्रणका लागि स्वत: स्फुर्त रुपमा लागि शान्ति सुरक्षा, पर्यटन व्यवसाय, सामुदायिक सेवा प्रवाह लगायतको कार्यहरुलाई निर्वाहक रुपमा लाग्न निर्देशन दिनु भएको थियाे।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले स्वागत मन्तव्य राख्नु भएको, भवन निर्माण सम्बन्धी प्रतिवेदन प्राविधिक प्र.ना.उ. ईन्जिनियर ध्रुव अधिकारीले राख्नु भएको, अन्नपुर्ण गाँउपालिकाका अध्यक्ष विष्णु बहादुर के.सी., प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे , पोखरा महानगरपालिकाका पूर्व मेयर मान बहादुर जि.सि. लगायतले शुभकामना मन्तव्य राख्नु भएको र गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।

२० मंसिर २०८१, बिहीवार १८:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु