कोशी प्रदेश प्रहरी तालिम केन्द्रकाे ५८ औं वार्षिककोत्सव कार्यक्रम सम्पन्न

2.5K
shares

विराटनगर । कोशी प्रदेश प्रहरी तालिम केन्द्र,विराटनगरको ५८ औं वार्षिककोत्सव कार्यक्रम सम्पन्न भएको छ।

वार्षिकोत्सवको अवसरमा आयोजित वार्षिकोत्सव समारोह आज कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा  केन्द्रका प्रहरी निरीक्षक गुरू प्रसाद तिम्सिनाले तालिम केन्द्रको बार्षिक गतिविधि सहितको स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिद्वारा लेखरचनाहरू समेटिएको स्मारिका “प्रहरी जवान” अंक-२२” को विमोचन गरी पूर्ब समादेशक तथा सशस्त्र प्रहरी बल नेपालका अवकास प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक दुर्ज कुमार राईलाई दोसल्ला ओढाएर सम्मान पत्र समेत प्रदान गर्नु भएको थियो।

प्रमुख अतिथिद्वारा तालिमकेन्द्रको बिबिध गतिविधिमा उल्लेख्य सहयोग पुर्याउनुहुने महानु भावहरुलाई कदर पत्र वितरण र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार बितरण समेत भएको थियो।

५८ औं वार्षिकोत्सवको अवसरमा यस तालिम केन्द्रद्वारा आयोजित विभिन्न खेलमा विजेता प्रहरी कर्मचारीहरुलाई प्रमुख अतिथीज्यूले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भई उपस्थित सबैमा सम्बोधन समेत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा रामधुनी नगरपालिका, सुनसरीका नगर प्रमुख,नेपाल प्रहरी प्रदेश कार्यालय,धरान ,सुनसरीका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा मधेश प्रदेश प्रहरी तालिम केन्द्र (सम्पर्क कार्यालय राजविराज) का समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराई,  केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल,प्रहरी उपरीक्षकहरु,प्रहरी नायव उपरीक्षकहरु,प्रहरी निरीक्षकहरुकाे उपस्थिति रहेको थियाे।

साथै विराटनगर महानगरपालिका वडा नं. १२ र १६ का वडाध्यक्षज्यूहरू,स्थानीय विद्यालयका शिक्षक तथा विद्यार्थीहरू,अवकास प्राप्त प्रहरी कर्मचारीहरू,सञ्चारकर्मीहरू,विभिन्न क्षेत्रबाट यस केन्द्रको प्रशिक्षण गतिविधिलाई सहयोग गर्नुहुने सहयोगी व्यक्तित्वहरू,स्थानीय बुद्धिजिवी लगायत जुनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको सहभागीता रहेको थियो।

कार्यक्रमको अन्त्यमा यस तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेद्वारा प्रमुख अतिथि लगायत उपस्थित अतिथि महानुभावहरुमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083