नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्षमा विष्णुप्रसाद घिमिरे निर्वाचित

2.13K
shares

 काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको नेतृत्व अध्यक्षमा विष्णुप्रसाद घिमिरे ‘ध्रुव’ निर्वाचित भएका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभाबाट घिमिरे सहित १५ जनाको कार्यसमिति निर्विरोध निवार्चित भएको हो ।

वरिष्ठ उपाध्यक्षमा विदुर धमला, उपाध्यक्षहरुमा राजकुमार राई, दिपक कुँवर, पुरुषोत्तम पौड्याल निर्वाचित भएका छन् ।


रोशन भोयद्यो महासचिव, घनश्याम पोखरेल, सचिव अरुण स्तोम त्रिपाठी कोषाध्यक्ष भएका छन् । सदस्यहरुमा दशरथ पौडेल, उपेन्द्रप्रसाद अवस्थी, तुलसी प्रसाद अधिकारी, बहादुरकृष्ण ताम्राकार, लिलाबहादुर अधिकारी, मणीकुमार प्रसाई (मनोज) र देवकुमार महत्तो निर्वाचित भएका हुन् ।

नेपाल जग्गा तथा आवास विकास महासंघको नेतृत्वमा निर्वाचित विष्णुप्रसाद घिमिरे एक कुशल ब्यक्तिका रुपमा परिचित ब्यक्ति हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083