जिल्ला प्रहरी परिसर ललितपुर र B & B अस्पताल प्रा.लि. बिच “समझदारी पत्रमा हस्ताक्षर”

3.41K
shares

ललितपुर ।  जिल्ला प्रहरी परिसर ललितपुर र B & B अस्पताल प्रा.लि. बिच “समझदारी पत्रमा हस्ताक्षर”  कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी परिसर, जावलाखेल ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल तथा ललितपुर ग्वार्को स्थित B & B अस्पताल प्रा.लि. का प्रबन्ध निर्देशक प्रा. डा. जगदिश लाल बैध तथा चिकित्सा निर्देशक प्रा.डा. अशोक कुमार बाँस्कोटा समेत बिच उक्त   हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हाे  ।

जिल्ला प्रहरी परिसर ललितपुर तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरु, ललितपुर जिल्लामा स्थायी वसोबास भई रहेका प्रहरी कर्मचारीहरुको लागि उपलब्ध हुने स्वास्थ्य सेवा, सुविधा तथा सर्त सम्बन्धि बिस्तृत समझदारी पत्र  (Memorandum of Understanding, MOU) मा हस्ताक्षर गरिएकाे थियाे ।

उक्त समझदारी पत्रमा उल्लेखित प्रावधान बमोजिम जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरु, ललितपुर जिल्लामा स्थायी बसोबास भई रहेका प्रहरी कर्मचारीहरुको लागि B&B अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सुविधा सम्बन्धमा २५% ( विलमा उल्लेखित रकम बमोजिम १५ लाख सम्म ) तथा औषधि सामग्रि खरिद सम्बन्धमा १५% (विलमा उल्लेखित रकम वमोजिम) छुट तथा सहुलियत सम्बन्धि समझदारी गरिएकाे हाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083