सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी गणेश चन्दद्वारा पदभार ग्रहण
धनगढी । प्रहरी नायव महानिरीक्षक गणेश चन्दले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखकाे रुपमा उहाँलाई सरुवा गरेको हाे ।
उक्त पदभार ग्रहण कार्यक्रममा पुर्व कार्यालयबाट कार्यालयमा पदस्थापन हुनु भई आउन भएका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर लगायत कैलाली र कञ्चनपुर स्थित प्रहरी कार्यालयहरुका कार्यालय प्रमुखहरु र यस कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।
पदभार ग्रहण पश्चात आयोजित परिचयात्मक कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्दले सुदूरपश्चिम प्रदेशको शान्ति सु-व्यवस्था लगायत समग्र बस्तुस्थिति र प्रहरी जनशक्ति व्यवस्थापन सम्बन्धमा जानकारी लिनु भयो ।
उक्त कार्यक्रममा प्रदेश प्रहरी प्रमुखले कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडित मैत्री सहज र द्रुत प्रहरी सेवा, शुसाशन, मानव अधिकारको संरक्षण, प्रहरीको आचरण र ब्यबहारमा सुधार, भ्रष्टाचार नियन्त्रण र आर्थिक अनुशासन, लागू औषध तथा तस्करी नियन्त्रण, जुवातास जस्ता गैर कानूनी कृयाकलापहरु बिरुद्व शून्य सहनशीलताका साथ चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा योजनाबद्ध ढंगले प्रहरी कार्य अगाडि बढाउन निर्देशन समेत दिनुभयो ।
१ पुस २०८१, सोमवार १६:५० बजे प्रकाशित