अपराध अनुसन्धान विभागका विभागीय प्रमुख एआईजी टेक बहादुर तामाङद्वारा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको निरीक्षण

3.48K
shares

काठमाडौ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले  जिल्ला प्रहरी कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकको निरीक्षण तथा अनुगमन गर्नु भएको छ।

अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले  काभ्रेपलाञ्चोकको अपराध अनुसन्धान समूह (CAP) अन्तर्गतको अनुगमन तथा निरीक्षण गरेका हुन् ।

निरीक्षणकाे क्रममा उहाँले काम कर्तव्य र कार्य क्षेत्र विशेष गरी अपराध अनुसन्धान, महिला तथा बालबालिकाहरूको सेवा क्षेत्र साथै ती विरुद्ध हुने सामाजिक आपराधिक क्षेत्रहरू अपराध अनुसन्धानका लागि उपलब्ध आधुनिक प्रविधिहरूको विषयमा  जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकबाट सम्पादन भएका विशेष काम कारबाहीहरूको बारेमा निरीक्षण गर्नु भएको तथा यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई अपराध नियन्त्रण तथा अनुसन्धान सम्बन्धमा आवश्यक निर्देशन समेत दिनु भएको थियोे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083