प्रहरी नायव महानिरीक्षक ध्रुबराज राउतको स्वागत कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । प्रहरी नायव महानिरीक्षक ध्रुबराज राउतको स्वागत कार्यक्रम सम्पन्न भएको छ।

नेपाल सरकारकाे निर्णयानुसार जनपद प्रहरी समूह तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा हुनु भई  निर्णय अनुसार काठमाण्डौं उपत्यका प्रहरी कार्यालय,रानीपोखरी सरुवा भई हाजिर हुन आउनुभएका प्रहरी नायव महानिरीक्षक ध्रुबराज राउतलाई काठमाण्डौं उपत्यका प्रहरी कार्यालयमा आज मंगलवार आयोजित कार्यक्रमका बीच काठमाण्डौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा स्वागत कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा, प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहरा, प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

२ पुस २०८१, मंगलवार १७:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु