डिआइजी खापुङको सरूवा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा भएको हो।
डिआइजी खापुङलाई कोशी प्रदेशका मानिसहरूले एकदमै निष्ठामान, विवेक र इमानदारिताका साथ कर्तव्य पालन गर्ने वाचाको प्रतीक रहेको जानकारहरू बताउन्छन् ।
मृदु भाषी, सरल र सहयोगी भावनाका धनी खापुङ आफ्नो ड्युटी समयमा निकै सजक र सचेत रहेर काम गर्ने गर्छन ।
धेरै प्रहरी अधिकृत विभिन्न मुद्धामा बद्नामी खेपिरहेका बेला उनी अहिलेसम्म कुनै पनि त्यस्ता अनैतिक कार्यमा जोडिएका छैनन् ।
२०५२ सालदेखि प्रहरी सेवामा प्रवेश गरेका उनलाई द्वन्दकालमा गोली समेत लागेको थियो ।
आज कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा फेरी भेटौंला कार्यक्रममा खापुङले संगठनको लक्ष हासिल गर्न तथा कोशी प्रदेशमा शान्ति सुरक्षा कायम राख्न आफ्नो पदिय दायित्वसहित कुशल नेतृत्व निर्वाह गर्न आफुलाई सहयोग गर्नु हुने सम्पुर्ण प्रहरी अधिकृत तथा प्रहरी जवानहरुलाई धन्यवाद व्यक्त गर्दै बिदाई भएका हुन् ।