लुम्बिनी प्रदेशमा डिआईजी कुबेर कडायतले ११ महिनामा गरेका उत्कृष्ट काम
दाङ । केही दिन अघि मात्रै सरुवा हुनु भएका लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) कुबेर कडायतले ११ महिनामा १८ उत्कृष्ट काम गर्न सफल भएका छन् ।
डिआईजी कडायत आएपछी लगातार लुम्बिनी प्रदेश उत्कृष्ट हुँदै आएको थियाे ।
बिगतमा लुम्बिनी प्रदेश सधैं अन्तिम स्थानमा हुँदै आएको थियो भने कडायत आएपछी हरेक पटक उत्कृष्ट हुँदै आएको हाे।
कडायतले आफ्ना प्रहरी पयुनिटहरुमा कर्मचारीको समस्याहरु बुझ्न प्रत्येक पहाडी जिल्लाहरुमा ३/३ पटक गएको र साधन श्रोतले भ्याएसम्म कर्मचारीलाई सहज बाताबरण मिलाउने कोशिस गरेको बताए।
उहाँ २०८० साल पौष २९ गते लुम्बिनी प्रदेशमा हाजिर भएपछी १२ ओटै जिल्लामा रहेका मुद्दा चल्ने युनिटमा सी सी टि भी जडान गरि त्यो खिचिएको भिडियो ९० दिनसम्म स्टोरेज गर्ने ब्यबस्थापन गरेको लुम्बिनी प्रदेशले जानकारी दिएको छ।
त्यसैगरी सबै जिल्लामा हिरासत कक्षमा पुस्तकालयको ब्यबथापन गरिएको छ ।
सबै जिल्ला प्रहरी कार्यालय,प्रदेश प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यलयहरुमा ई हाजिरीको ब्यबस्थापन गरिएको छ।
नेपाल प्रहरी श्रीमती संघ मार्फत गरिने समाज सेवाहरु: आम नागरिकको लागि स्वास्थ शिबिर नवलपरासीको सुस्ता,पुर्बी रुकुमको तकसेरा,कपिलवस्तुको बहादुरगज र पाल्पाको हनैटा लगायतका विभिन्न स्थानहरुमा हजारौंको संख्यामा स्वास्थ सेवा दिईएको अनि महत्त्वपूर्ण मठ मन्दिरहरुमा पानी, स्वास्थ शिबिर संचालन लगायतका १५० वटा कार्यक्रम सम्पन्न भएको डिआईजी कडायतले जानकारी दिनुभयो ।
हेर्नुस् उहाँको नेतृत्वमा भएका कामहरु
– आर्थिक बर्ष २०८०/०८१ को कार्य सम्पादन मुल्याङ्कनमा सर्वउत्कृष्ट प्रदेश भएर प्रधानमन्त्री के.पी. शर्मा अाेलिबाट प्रहरी व्याटन (Police Baton) प्राप्त गर्न सफल भएको हाे ।
– प्रत्येक तीन-तीन महिनामा कार्य सम्पादन मुल्याङ्कनको आधारमा जिल्ला प्रहरी प्रमुखलाई नगद पुरस्कार तथा प्रहरी इकाईलाई सम्मान पत्र दिने प्रचलनको थालनि गरिएको हाे।
– “ सुरक्षित गाउँ शहर, प्रदेश प्रहरीको रहर” अंकित लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आफ्नै छुट्टै मायाको चिनो बनाई प्रचलनमा ल्याएको थियाे।
– जि.प्र.का. पाल्पा, इ.प्र.का. कोहलपुर प्रहरी व्याटन ( Police Baton) छनौटमा देशै भरको उत्कृष्ट कार्यालय बन्न सफल भएको थियोे ।
– प्रदेश भरिका सबै प्रहरी इकाईहरुमा अग्नि नियन्त्रक यन्त्र राखेको छ।
– जिल्ला प्रहरी कार्यालयहरुमा MI-Room व्यवस्था मिलाईएको छ।
– पहाडी जिल्लाहरुमा बढ्दो गाँजा खेती, अफिम खेतीलाई निरुत्साहित गर्नको साथै कानूनी दायरामा ल्याउने कार्यको थालनि गरेको छ।
– गत आर्थिक बर्ष भन्दा ५% ले बढी ट्राफिक जरिवाना जम्मा भएको । (आर्थिक बर्ष २०८०/०८१ मा ३,६८,७०,३००।- र आर्थिक बर्ष २०८१/०८२ मा ३,८८,१४,०००।-)
-गत आर्थिक बर्ष भन्दा ९.११% ले बढी राजश्व संकलन भएको ( चोरी तस्करी नियन्त्रण) । (आर्थिक बर्ष २०७९/८० मा २८,३४,९८,५८०।- र आर्थिक बर्ष २०८०/०८१ मा अन्त्य सम्म ३१,७७,००,४२०।-)राजस्व उठेको छ।
– सुरक्षित सडक, अनुशासित सडक प्रयोग कर्ता” लाई अभियानको रुपमा संचालन भएको छ।
– नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा सबै जि.प्र.का.हरु प्रहरी र अवकाश प्राप्त प्रहरी लक्षित स्वास्थ्य शिविर संचालन भएको थियोे ।
-नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा आम नागरिकलाई सेवा गर्न स्वास्थ्य शिविर १८, बालाश्रम, बृद्धाश्रम, धार्मिक स्थल लगायतमा १५० वटा कार्यक्रम संचालन गरेको छ।
– प्रदेश, ट्रफिक र जिल्ला प्रहरी कार्यालयहरुमा ई-हाजिरी गर्ने व्यवस्था मिलाईएको छ।
– सबै हिरासत कक्षमा पुस्तकालयको व्यवस्थापन गरिएको छ।
– प्रदेश भरिको मुद्दा चल्ने प्रहरी कार्यालयहरुमा हिरासत कक्षमा भएका CCTV को Record Storage क्षमता ९० दिनको बनाइएको छ।
– सवारी दुर्घटना न्यूनिकरण गर्न स्थानिय निकाय सँग सहकार्य तथा सहयोगमा ANPR क्यामेरा र CCTV राख्न सफल भएको छ।
२ पुस २०८१, मंगलवार २२:५७ बजे प्रकाशित