पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न

3.85K
shares

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यालयको सभाहलमा भएको कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले बिभिन्न संचार माध्यममा आवद्द रहेका संचारकर्मीहरुसगं भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्नु भएको छ ।

भेटघाट कार्यक्रममा अधिकारीले विद्यमान ऐन कानूनको परिधिमा रही कानूनद्वारा निर्दिष्ट कार्यहरुको सफल कार्यान्वयन तथा संगठन प्रमुख प्रहरी महानिरीक्षकज्यू समक्ष भएको सम्झौता अनुरुप कोशी प्रदेशमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउनुका साथै अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान गरी पिडकलाई कानुनि दायरामा ल्याउन तथा पिडितलाई न्यायको अनुभुति दिलाउनुका साथै लागुऔषधको प्रयोग तथा ओसार पसार नियन्त्रणको लागि समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने बताउनु भयो ।

साथै वहाँले अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम राख्न संचार माध्यमको उतिकै महत्वपुर्ण भुमिका रहने हुँदा सवैबाट निरन्तर साथ र सहयोगको अपेक्षा राख्नु भयो ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख अधिकारीले संचारकर्मीहरुबाट उठेका विविध जिज्ञासाहरुको सुनुवाई समेत गर्नु भएको थियो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आयोजना गरेको भेटघाट कार्यक्रममा कोशी प्रदेशका बिभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083