प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह प्रदान कार्यक्रम सम्पन्न

4.02K
shares

काठमाडौ ।  जिल्ला प्रहरी परिसरका कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह प्रदान  कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको  पत्रले प्रहरी सहायक हवल्दारबाट प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापन भएका परिसर मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई  परिसरका प्रमुख एसएसपी वसन्त रजौरे दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको हाे ।

उक्त कार्यक्रममा प्रहरी उपरीक्षक नवराज अधिकारी, प्रहरी नायब उपरीक्षक लगाएतकाे उपस्थिति रहेकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083