साईबर सुरक्षा सम्बन्धि सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न
वि.सं.२०८१ पुस १० बुधवार १७:३५
shares

काठमाडौ । प्रहरी बृत्त नयाँबानेश्वरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक विरेन्द्र गोदारकाे प्रमुख आतिथ्यतामा साईबर सुरक्षा सम्बन्धि सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी बृत्त नयाँबानेश्वर, सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर ३१ र Global college of management ‘Social club’ को संयुक्त आयोजनामा कामपा. ३१ मध्य बानेश्वर स्थित Global College को सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हाे।
सोही कलेजका +2 तहका बिद्यार्थीहरूलाई साईबर ब्यूरो भोटाहिटीका प्रशिक्षक प्र.ना.नि. जिर बहादुर बुढाद्धारा साईबर सुरक्षा सम्बन्धि सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरीएकाे हाे ।
कार्यक्रममा डिएसपी विरेन्द्र गोदारले समग्र शान्ति सुरक्षा र साईबर सुरक्षाका बिषयमा आफ्नो मन्तव्य राख्नुभएको थियो भने +2 Science का करिव १०००( एक हजार ) जना बिद्यार्थीहरूलाई दुई सिफ्टमा प्रशिक्षण संचालन गरिएको थियो ।






























