प्रहरी उपरीक्षक हरिहर नाथ योगीकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
वि.सं.२०८१ पुस १० बुधवार १८:२३
shares

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ।
प्रहरी बरिष्ट नायब निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी निरीक्षक झनक बहादुर अधिकारीलाई कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीद्वारा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको हाे।
उक्त कार्यक्रममा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन चापागाई, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यालय प्रमुख एसपी हरिहर नाथ योगीले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनु हुने प्रहरी निरीक्षकलाई बधाई दिदैं आगामी सफल कार्यकालको लागि समेत शुभकामना दिनुभएको थियो ।





























