” राष्ट्रिय सेवादल (NCC) तालिमरत प्रशिक्षार्थीहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न”

2.9K
shares

सिन्धुली ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलिका प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेकाे प्रमुख आथित्यतामा अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम सम्पन्न” भएको छ।

राष्ट्रिय सेवादल (NCC) तालिमरत प्रशिक्षार्थीहरुले अवलोकन भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उक्त कार्यक्रम भएको हाे।

कार्यालयका प्रहरी निरीक्षक बाबुराम  कार्की, प्रहरी निरीक्षक सुनिल प्रसाद चौरसिया, जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्र.नि.ईश्वर बहादुर थापा, राष्ट्रिय सेवादल (NCC) तालिमका प्रशिक्षक र प्रशिक्षार्थीहरु समेतको सहभागितामा ट्राफिक नियम, सडक सुरक्षा र लागु औषध ऐन, कानूनी प्रकृया, अवस्थाहरु बारेमा प्रहरी निरीक्षकहरुद्वारा प्रशिक्षण प्रदान गरेका हुन् ।

साथै कार्यक्रममा कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक  गोविन्द राज काफ्लेले  कार्यालयबाट हुने अन्य सेवा प्रवाहको सम्बन्धमा प्रशिक्षार्थीहरुलाई जानकारी दिनु हुनका साथै नेपाल प्रहरीको भुमिका लगायत महत्वको बारेमा समेत प्रशिक्षण तथा तालिममा सिकेका ज्ञान,सिप र कौशललाई लिएर विभिन्न विषयहरुमा अन्तरक्रिया समेत गर्नु भएको थियो ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083