नेपाल प्रहरी शिक्षालय भरतपुरकाे आयाेजनामा सरसफाई कार्यक्रम सम्पन्न
वि.सं.२०८१ पुस १० बुधवार १९:१०
3.29K
shares
shares

भरतपुर । नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका निमित्त निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.काे प्रमुख उपस्थितिमा वातावरण प्रवर्द्धन तथा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
शिक्षालयको हाता भित्र पलास्टिकजन्य फोहोरहरूको उचित व्यवस्थापन गरी वातावरण प्रवर्द्धन तथा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको हाे ।

उक्त कार्यक्रममा शिक्षालयका सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु लगायत प्रशिक्षक वर्गहरूका साथै विभिन्न सेवाकालिन तालिमका प्रशिक्षार्थीहरू, प्र.स.नि. आधारभूत अल्पकालिन तालिम २-१७६औं समूह र प्र.स.नि. आधारभूत तालिम २-१७९औं समूहका सम्पुर्ण प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो ।


































