प्रहरी वरिष्ठ उपरिक्षक शेखर खनालद्वारा नवनिर्मित भवनको उद्‌घाटन

4.03K
shares

काठमाडौ ।  जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक शेखर खनालद्वारा प्रहरी प्रभाग ईमाडोल ललितपुरमा अवस्थित नवनिर्मित जु.प्र.अ.व्यारेक, शौचालय तथा स्नान गृह र हिरासत कक्षको उद्‌घाटन गरेका छन् ।

स्थानिय सहयोग तथा प्रहरी श्रमदानबाट प्रहरी प्रभाग ईमाडोल ललितपुरमा नवनिर्मित भवन निर्माण भएको हाे।

उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवरत्न पौडेल , प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षक अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरु, वडा अध्यक्षहरु तथा अन्य विभिन्न सरोकारवाला निकायहरु समेतको उपस्थिति रहेको थियो ।

सोहि अवसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रमका विभिन्न गतिविधिहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने महानुभावहरुलाई प्रमुख अतिथिबाट प्रशंसा पत्र प्रदान गर्नुका साथै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियोे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083